• Mon. May 6th, 2024

मिनग्लासमा पहिलोपल्ट फूलपाती शोभायात्रा, चन्दनसिंह रावत स्पोर्टिङ्ग क्लबले निकाल्यो शोभायात्रा

Byadmin

Oct 13, 2021

मिनग्लासमा पहिलोपल्ट चन्दनसिंह रावत स्पोर्टिङ्ग क्लबले निकाल्यो भव्य रूपमा फूलपाती शोभायात्रा।

मिनग्लास चियाकमानमा यसपल्टको दशैंको शुभ-अवसरमा एउटा अर्को रौनकता थपिएको छ। मिनग्लासमा पहिलोपल्ट चन्दनसिंह रावत स्पोर्टिङ्ग क्लबको तत्वावधानमा भव्य रूपमा शोभायात्रा निकालियो। मिनग्लास गुन्द्री बजारबाट शुरु गरी दालिम कोट, भुट्टाबारी बगान हुँदै गुन्द्री बजारमा आएर शोभायात्रा टुंगियो। नौमती बाजासहित शोभायात्रामा गोर्खाहरूसितै आदिवासीहरूले पनि आनन्दका साथ भाग लिएको देखियो। बेलुकीपख सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो।
आयोजक चन्दनसिंह रावत स्पोर्टिङ्ग क्लबको पक्षबाट सबैलाई धन्यवाद दिइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *