• Tue. May 14th, 2024

वर्षाले पुऱ्याएको क्षयक्षतिको जायजा लिन, मुख्यमन्त्री पाँचदिने उत्तर बंगाल भ्रमणमा आउने

Byadmin

Oct 22, 2021

अविरल वर्षाले पुऱ्याएको क्षयक्षतिको जानकारी लिन मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिवसीय उत्तर बंगाल भ्रमणमा। मुख्यमन्त्री ब्यानर्जीले उत्तर बंगालका विभिन्न जिल्ला अधिकारीहरूसित गर्नेछिन् बैठक।

गत केही दिनअघि परेको अविरल वर्षाले पहाड़ लगायत समतलका क्षेत्रहरूमा व्यापक क्षति पुऱ्याएको छ। यसैलाई ध्यानमा राख्दै मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिवसीय उत्तर बंगालको भ्रमणमा आइरहेकी छ्न्। उनी आइतवार सिलगढ़ी आइपुग्ने छिन्। पहाड़को दार्जीलिङ अनि कालेबुङ जिल्लाका विभिन्न ठाउँमा पैह्रोले सड़क मार्गहरू बाधित हुनुका साथै धेरै क्षयक्षति पनि पुगेको छ। समतल अनि डुवर्सको जलपाइगढ़ी, कोचबिहार र अलिपुरद्वार जिल्लामा पनि लगातार परेको पानीले धेरै क्षति पुऱ्याएको छ। पहाड़ अनि समतलको परिस्थितिको स्थलगत निरीक्षण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिवसीय उत्तर बंगाल भ्रमणमा आइरहेकी हुन्। उनी 24 अक्टोबरको दिन बाघडोग्रा विमानस्थलमा अवतरण गरी सोझै सिलगढ़ी पुलिस कमिश्नरेटको मुख्यालय आउनेछिन्।
मुख्यमन्त्रीले 25 अक्टोबरको दिन उत्तरकन्यामा जलपाइगढ़ी, अलिपुरद्वार र कोचबिहार जिल्लाका प्रशासनिक अधिकारीहरूसित बैठक गरी विभिन्न सरकारी योजना र कार्यहरूको जानकारी लिनेछिन्। 26 अक्टोबरको दिन मुख्यमन्त्री खरसाङ जानेछिन् भने त्यहाँ दार्जीलिङ र कालेबुङ जिल्लाका प्रशासनिक अधिकारीहरूसित बैठक गर्नेछिन्। यस अवधिमा मुख्यमन्त्रीले दार्जीलिङ अनि कालेबुङ जिल्लामा पानीले पुऱ्याएको क्षयक्षतिको विस्तृत जानकारी साथै पहाड़को विकास कार्यहरूबारे पनि जानकारी लिनेभएकी छन् भनी विशेष सूत्रमार्फत थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *