• Fri. May 9th, 2025

लक्ष्मीकान्त जोशी अनुवाद राष्ट्रिय पुरस्कार साहित्यकार डा. जीवन नामदुङलाई प्रदान गरिइने

Byadmin

Sep 2, 2021

वरिष्ठ समालोचक एवं अनुवादक डा. जीवन नामदुङलाई लक्ष्मीकान्त जोशी अनुवाद राष्ट्रिय पुरस्कार प्रदान गरिने। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज सिलगढ़ी च्याप्टरकी अध्यक्ष लतिका जोशीले दिइन् जानकारी।

मौलिक, सम्पादन तथा अनुवाद गरी मोठ 50 वटाभन्दा धेर कृतिहरू प्रकाशित भइसकेका वरिष्ठ समालोचक एवं अनुवादक डा. जीवन नामदुङलाई लक्ष्मीकान्त जोशी अनुवाद राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। यसको जानकारी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज सिलगढ़ी च्याप्टरकी अध्यक्ष लतिका जोशीले दिएकी हुन्। आगामी 24 अक्टोबरको दिन सिलगढ़ीको वर्षना भवनमा सम्पन्न एउटा कार्यक्रममा डा. नामदुङलाई उक्त पुरस्कार प्रदान गरिइने तिनले जनाएकी छन्।
उल्लेखनीय छ, डा. नामदुङका कृतिहरू साहित्य अकादमीले प्रकाशित गरिसकेको छ भने अनेकौं रचनाहरू तिनले नेपाली र अंग्रेजीमा अनुवाद गरेका छन्।

https://youtu.be/3Axb3q_sjLI

Leave a Reply

Your email address will not be published. Required fields are marked *