• Sun. May 19th, 2024

विधायक जिम्बाले गरे एडवर्डमाथि प्रहार

Byadmin

Sep 2, 2021

विधायक जिम्बाले गरे एडवर्डमाथि सिधा प्रहार, जाति र पार्टीसँग कुनै मतलब नभएको तर साथीसँग मात्र मतलब रहेको व्यक्तिलाई पार्टीमा राखेर कुनै फाइदा नहुने जिम्बाको भनाइ

गोरामुमो पार्टीबाट राजीनामा दिने क्रम लगातार रुपमा जारी रहेको छ। यसै सन्दर्भमा दार्जीलिङ भाजपा विधायक निरज जिम्बाले पिपलको ठूलो रूखमा पुरानो पत्ता जान्छ नयाँ पत्ता आउँछ यसले पिपलको रूखलाई कुनै फरक नपर्ने बताए।तिनले 2007 देखि गोरामुमो ठूलो पार्टी रहेको तथा बिमल गुरूङले पार्टी सकिएको भने तर 2017 मा बिमल गुरूङको पार्टी सकिएको थियो यही पार्टीले बचाएको बताए।गोरामुमो पार्टीमा हिजम रहेको बताउँदै जंगलमा एउटा रूख लड़्दा केही आवाज आउँने,केही हँगाहरू काप्ने गरेको बताए।विधायक जिम्बाले अजय एडवर्डलाई सिधा प्रहार गर्दै जाति र पार्टीसँग कुनै मतलब नभएको केवल साथीसँग मतलब रहेको व्यक्तिलाई पार्टीमा राखेर कुनै फाइदा नरहेको बताए।

https://youtu.be/ozo3hv33FaU

Leave a Reply

Your email address will not be published. Required fields are marked *