• Tue. May 14th, 2024

मुख्यमन्त्री गोलेले गरे विकल्प राजमार्गको माग

Byadmin

Oct 26, 2021

दुइ मुख्यमन्त्रीको आगमन भयो सिलगढ़ीमा, उनीहरू भेटघाट गर्न सकेन एक आपस्तमा। मुख्यमन्त्री पीएस गोलेले गरे कालीझोड़ादेखि सिक्किमसम्म विकल्प राजमार्गको माग । सिलगढ़ीमा सोमबार दुइ मुख्यमन्त्री केही किलो मिटरको दुरीमा थिए तर यी दुइ मुख्यमन्त्रीबिच कुनै भेटवार्ता हुनसकेन।पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढ़ीमा थिइन् भने हिमाली राज्य सिक्किमका मुख्यमन्त्री पीएस गोले पनि सिलगढ़ीमा नै थिए।मुख्यमन्त्री गोले फाँसीदेवाको लिचुपोखरीस्थित एउटा मन्दिरमा पूजा गर्न आएका थिए।यसरी मुख्यमन्त्री गोलेले पूजा गर्दा उता मुख्यमन्त्री ममता ब्यानर्जी उत्तरकन्यामा प्रशासनिक बैठकमा व्यस्त थिइन्।मुख्यमन्त्री पीएस गोलेले संचारक्रमीहरूलाई बताए अनुसार उनी मन्दिरमा पूजा गर्नको लागि आएको तर ममता ब्यानर्जीसित भेट गर्न कुनै कार्यक्रम नहरेको बताए।मुख्यमन्त्री गोलेले राष्ट्रीय राजमार्ग 10 सन्दर्भमा विभिन्न ठाउँहरूमा पैह्रो गएको कारण सड़क मार्ग बन्दवस्थामा रहिरहने बताउँदै केन्द्र सरकारसमक्ष तिनले कालीझोड़ादेखि सिक्किमसम्म विकल्प राजमार्ग निर्माण गर्ने माग राखेको कुरा पनि जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *