• Tue. May 14th, 2024

डेटशीट अनुसार परिक्षा 16 अनि 17 नोभेम्बरदेखि शुरू

Byadmin

Oct 25, 2021

केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) द्वारा शैक्षणिक वर्ष 2021-22 -को सेकेन्डेरी अनि सीनियर सकेन्डेरी कक्षाहरूको टर्म 1 बोर्ड परीक्षाहरूको लागि एडमिट कार्ड चाड़ै नै जारी गरिने छ। बोर्डद्वारा सीबीएसई टर्म 1 एडमिट कार्ड 2021 आधिकारिक वेबसाइट, cbse.nic.in मार्फत जारी गर्ने भएको छ। विध्यार्थीहरूले आफ्नो सीबीसएई बोर्ड परिक्षाको एडमिट कार्ड जारी भएपछि सीबीएसई पोर्टलमा एक्टिव गरिएको लिंकद्वारा डाउनलोड गर्न सकिने छ। जसको निम्ति विध्यार्थीले आधिकारिक वेबसाइटमा समय-समयमा भिजिट गर्नु पर्नेछ किन भने बोर्डद्वारा कुनै एडमिट कार्डको हार्ड कपी पठाउने छैन। CBSE द्वारा यस पल्ट 10औ अनि 12औ श्रेणीको बोर्ड परीक्षाहरूलाई दुइ चरणमा टर्म 1 अनि 2 मा सम्पन्न गराउने पूर्व घोषणा गरेपछि टर्म 1 परीक्षाहरूको लागि टाइम-टेबल जारी गरिएको छ। यसको साथै बोर्डले यसपल्ट विध्यार्थीको अधिक संख्या भएको विषयहरूलाई मेजर सब्जेक्ट अनि अन्यलाई माइनर सब्जेक्टको रुपमा विभाजित गर्दै दुइवटै विषयलाई अलग-अलग डेटशीट जारी गरेको छ। सीबीएसई बोर्ड टर्म 1 परिक्षा 2021 माइनर सब्जेक्टको डेटशीट अनुसार, 12 औ श्रेणीको परिक्षा 16 नोभेम्बरदेखि अनि 10 औ श्रेणीको परिक्षा 17 नोभेम्बरदेखि शुरू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *