• Mon. May 20th, 2024

भाजपा प्रत्याशी प्रियंकाले शुरू गरिन् चुनाउ प्रचार
सोमबार बुझाउने छिन् प्रियंकाले नामांकन-पत्र

Byadmin

Sep 12, 2021

भवानीपुर उपचुनाउ : प्रियंका टिबड़ेवालले आजदेखि शुरू गरिन् चुनाउ प्रचार। सोमवार बुझाउने छिन् नामांकन-पत्र।

बंगालको हाई प्रोफाइल विधानसभा आसन भावनीपुरमा उपचुनाउलाई लिएर चुनावी परिवेश गर्मिएको छ। यस सीटमा 30 सेप्टेम्बरमा उपचुनाउ हुनेछ। मुख्यमन्त्री ममता ब्यानर्जीलाई टक्कर दिन भारतीय जनता पार्टी उम्मेदवार प्रियंका टिबड़ेवाल मैदानमा उत्रिएकी छन्। प्रियंकाले आज आइतवारदेखि चुनाउ प्रचार शुरू गरिन्।
तिनले सोमवार आफ्नो नामांकन-पत्र बुझाउने छिन्। भाजपाद्वारा प्रत्याशी घोषित गर्नअघि शनिवार प्रियंकाले कलकत्ताको कालीघाट मन्दिरमा गई पूजा-अर्चना गरेकी थिइन्। कालीघाटमा नै मुख्यमन्त्री ममता ब्यानर्जीको आवास रहेको छ अनि यस इलाका भवानीपुर विधानसभा क्षेत्रभित्र नै पर्दछ। कालीघाट मन्दिरमा पूजा-अर्चना गरेपछि प्रियंकाले चुनाउपछि भएको हिंसालाई लिएर ममता ब्यानर्जीको निन्दा पनि गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *