जयगाउँ एक नम्बर ग्राम पञ्चायतको प्रधान बने कमल पाखरिन। भाजपाबाट गत केही दिन अघिमात्र तृणमूलमा सामेल भएका थिए पाखरिन।
कालचिनी खण्डको भारत-भोटाङ सिमान्त शहर जयगाउँ एक नम्बर ग्राम पञ्चायतको पूर्व प्रधान विष्णु लामा विरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि अन्ततः उक्त ग्राम पञ्चायतको प्रधान पदमा भाजपाबाट गत केही दिन अघिमात्र तृणमूलमा सामेल भएका कमल पाखरिनलाई बहुमतले चयन गरियो।
प्रधान पदमा कमल पाखरिन र नानु लामाको नाम पहिलाबाटै चर्चामा आइरहे पनि अन्ततः मंगलवार तृणमूलका 15 जना अनि भाजपाका चारजना पञ्चायत सदस्यहरूको मतमा कमल पाखरिनलाई बहुमतले प्रधान चुनियो।