• Fri. May 17th, 2024

टीएमसी -द्वारा सुष्मितालाई राज्यसभाको निम्ति नामित, सुष्मिता देवले गत महिना छोड़ेकी थिइन् कंग्रेस

Byadmin

Sep 15, 2021

टीएमसी -ले सुष्मिता देवलाई राज्यसभाको निम्ति गऱ्यो नामित। सुष्मिताले हालै छोड़ेकी थिइन् कंग्रेस। सुष्मिता देवको आड़मा तृणमूल कंग्रेस त्रिपुरा अनि असममा आफ्नो पकड़ दह्रिलो बनाउनेतर्फ जुटेको छ। कंग्रेसकी पूर्व नेता सुष्मिता देवले भनिन्, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीसित पार्टीको भविष्यका लागि राम्रो दृष्टिकोण छ अनि सो सफल पनि हुनेछ। टीएमसी-ले कंग्रेस छोड़ेर पार्टीमा सामेल भएकी सुष्मिता देवलाई राज्यसभाका लागि नामित गरेको छ। टीएमसीले ट्वीट गर्दै यो कुराको जानकारी दिएको हो। गत महिना सुष्मिताले अचानक कंग्रेस छोड़ेर तृणमूल कंग्रेसमा सामेल भएकी थिइन्। यसैले अहिले उनलाई तृणमूल कंग्रेसमा सामेल भएको पुरस्कार दिइएको बताइँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *