• Wed. May 1st, 2024

भाग्यले बाँचिन् नेहुर बालासन निवासी जयन्ती मंगर

Byadmin

Oct 24, 2021

नेहुर बालासन निवासी जयन्ती मंगर भाग्यले आफ्नो ज्यान बचाउन भइन् सफल। पैह्रोग्रसित क्षेत्रमा पुग्यो गोरामुमो खरसाङ ब्राञ्च कमिटी टोली, पुऱ्यायो आपातकालीन सहयोग। सम्बन्धित विभागले पैह्रोग्रस्त क्षेत्रहरूको निरीक्षण गर्दै पीडित परिवारलाई सरकारी सहुलियतहरू चाँडो उपलब्ध गराइनुपर्ने राख्यो माग। निम्न सोनादा नेहुर बालासन बिचगाउँ निवासी जयन्ती मंगर भाग्यले आफ्नो ज्यान बचाउन सफल भइन्। अविरल वर्षाको कारण राति माथिबाट पैह्रो आएर तिनको घर क्षतिग्रस्त बन्यो। जयन्तीको घर गत दुई वर्षअघि मात्र गुरुङ बोर्डबाट निर्माण गरिएको थियो। माथिबाट पैह्रो आउँदा जयन्ती मंगर घरबाट भागेर बाँच्न सफल बनिन्। पैह्रोग्रसित नेहुर बालासनका विभिन्न क्षेत्रहरूमा गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको टोलीले निरीक्षण गऱ्यो। निमा लामाले बालासनमा भल-पैह्रोको कारण धेरै क्षयक्षति भएको जनाउँदै आफूहरू सबै क्षेत्रमा निरीक्षण गरी आपतकालीन सहयोग पुऱ्याइरहेको बताए। तिनले सम्बन्धित विभागले यस क्षेत्रको निरीक्षण गरी पीडित परिवारलाई सरकारी सहुलियतहरू चाँडो उपलब्ध गराइनुपर्ने माग पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *