• Wed. May 1st, 2024

कोचबिहारको दिनहाटा 2 नम्बर ब्लकमा दर्दनाक घटना

Byadmin

Oct 24, 2021

पारिवारिक विवादको कारण पतिले स्वास्नीसितै छोराको पनि हत्या गरेर स्वयंले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना कोचबिहारको दिनहाटा 2 नम्बर ब्लक अन्तर्गत किस्मत दशग्राम टियादाइ इलाकामा भएको हो। स्थानीय सूत्र अनुसार मनोरञ्जन सरकार अनि पत्नीबिच लामो समयदेखि पारिवारिक कलह चलिरहेको थियो। यसैबिच शनिबार अबेर राति मनोरञ्जन सरकारले आफ्नी पत्नी अनि पाँच वर्षीय छोराको हत्या गरी स्वयंले पनि आत्महत्या गरे। आज आइतबार बिहान स्थानीय मानिसहरूले उक्त घटना थाहा पाएपछि पुलिसलाई जानकारी दिए। घटनाको खबर पाउना साथ पुलिस घटनास्थलमा पुगी शवलाई पोस्टमोर्टमको निम्ति अस्पताल पठाउने काम गऱ्यो। उक्त घटनाबारे पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *