• Wed. May 1st, 2024

पूर्व केएलओ नेताले व्यवसायको निम्ति मागे लाइसेन्स

Byadmin

Oct 24, 2021

समाजको मुख्यधारामा फर्किनका लागि पूर्व केएलओ नेता नारायण रायले व्यवसायको निम्ति मागे लाइसेन्स। यदि सरकारले सहयोग नगरे पुन: केएलओ-मा फर्किने तिनको भनाइ। जलपाइगढ़ी सदर ब्लक अन्तर्गत बारोपाटिया ग्राम पञ्चायतको पेदीपाड़ा निवासी नारायण राय उर्फ तरुण थापा पूर्व केएलओ नेता हुन्। उनी केही वर्षसम्म जेलमा बसेपछि 2017 देखि घरमा नै छन्। तिनले घर नजिकैको करला नदीबाट बालुवा अनि माटोको व्यवसाय गर्दै आफ्नो परिवार चलाउँथे तर सरकारको प्रतिबन्धपछि उक्त काम पनि बन्द भएको छ। यसरी सरकारले प्रतिबन्ध लगाएपछि अहिले नारायण रायले व्यवसायका लागि लाइसेन्स मागिरहेका छन्। नारायण रायले 2017-मा जेलबाट निस्किएपछि आफू अँध्यारो संसारमा नफर्किएको बताउँदै तर एउटा ट्याक्टर किनेर घरको नजिकैको करला नदीबाट बालुवा अनि माटोको व्यवसाय शुरू गरेको बताए। सरकारको प्रतिबन्धले काम बन्द भएको कारण धेरै कठिनाइको सामना गर्दै परिवारको भरण-पोषण गर्नु परिरहेको तिनले बताए। यसका साथै आफूमाथि लगभग 22 वटा जति मामिला रहेको पनि तिनले बताए। जिल्ला प्रशासनसित बारम्बार अनुरोध गरे पनि तिनको उक्त कुरालाई कसैले ध्यान नदिएकोमा उनी गुनासो पोख्छन्। यदि सरकारले यस विषयलाई गम्भीरताका साथ नलिए आफू पुन: केएलओ –मा फर्किन बाध्य हुनुपर्ने नारायण राय बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *