• Sun. May 19th, 2024

बंगालको तीन विधानसभा आसनमा मतदान जारी, बम फ्याँकिएको आरोपमा टीएमसी नेता पक्राउ

Byadmin

Sep 30, 2021

पश्चिम बंगालको तीन विधानसभा आसनमा मतदान जारी। समशेरगञ्जमा बम फ्याँकिएको आरोपमा टीएमसी नेता पक्राउ।

पश्चिम बंगालको भवानीपुर सीटमा आज बिहान सात बजीदेखि मतदान शुरू भयो। यस हाई प्रोफाइल सीटमा मुख्यमन्त्री ममता बनर्जी अनि भाजपाबाट प्रियंका टिबरेवालबिच कड़ा रूपमा चुनावी प्रतिस्पर्धा रहेको छ। यता, सीपीआईएम -को तर्फबाट श्रीजीब विश्वास पनि चुनावी मैदानमा उत्रिएका छन्। मतदान केन्द्र परिसरमा 144 धारा लागू गरिएको छ। 30 सेप्टेम्बरको मतदानको चुड़ान्त निर्णय आगामी 3 अक्टोबरको दिन घोषणा गरिनेछ। भवानीपुरसितै जांगीपुर र समसेरगञ्ज विधानसभा सीटमा पनि मतदान प्रक्रिया चलिरहेको छ।
यसैबिच, समशेरगञ्ज उपचुनाव हुनअघि त्यहाँ बम फ्याँकिएको आरोपमा एकजना टीएमसी नेतालाई पक्राउ गरिएको खबर प्रकाशमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *