• Sun. May 19th, 2024

कार्यक्रम सरोकार- भवानीपुर उप-चुनाउ : चासोको विषय

Byadmin

Sep 30, 2021

ममता ब्यानर्जीले यस वर्षको शुरूमै सम्पन्न भएको पश्चिम बंगाल विधानसभा चुनाउमा नन्दीग्रामबाट चुनाउ लड़ेकी थिइन् तर भाजपा नेता शुभेन्दु अधिकारीबाट उनले चुनाउमा हारको सामना गर्नुपरेको थियो।
दक्षिण कलकत्ताको भवानीपुर क्षेत्र जहाँबाट ममता ब्यानर्जी महत्त्वपूर्ण उपचुनाव लड्दैछिन्, त्यहाँ गुजराती अनि मारवाड़ी समुदायको संख्या धेर छ। सिख अनि बिहारी समुदायका मानिसहरू पनि यहाँ बसोबासो गर्दछन्। यसका साथै यहाँ लगभग 20 प्रतिशत जति मुस्लिम समुदाय छन्, जबकि शेष 40 प्रतिशत बंगाली समुदाय छन्। यसैले यो विधानसभा क्षेत्रलाई ‘मिनी इण्डिया’-को ट्याग पनि दिइएको छ।
भवानीपुर विधानसभा उपचुनाउ ममताका लागि अहम् चुनाउ मान्नुपर्छ नै। यस चुनाउको परिणामले ममताको राजनैतिक भविष्यमाथि गहिरो प्रभाव पर्ने सम्भावनालाई नकार्न मिल्दैन। ममता ब्यानर्जीका लागि यो उपचुनाउ, वा भनौं भवानीपुर सीट कतिको अहम् र महत्त्वपूर्ण छ? यसबारे केही चर्चा गरौं-

  • यस वर्ष अप्रेल-मई महीनामा भएको राज्य विधानसभा चुनाउमा नन्दीग्राम सीटबाट पराजयको सामना गर्नुपरेको ममता ब्यानर्जीलाई तर पार्टीको प्रमुख नेतृत्व भएको कारण उनलाई पार्टीले मुख्यमन्त्रीको रूपमा चुनेको हो।
  • ममताले 5 मईको दिन मुख्यमन्त्रीको रूपमा शपथ लिइन्। तर संविधान अनुसार उनलाई मुख्यमन्त्रीको रूपमा शपथ लिएको 6 महीनाभित्र अर्थात् आगामी 5 नोभेम्बरभित्रमा एउटा विधानसभा सीटमा जीत हासिल गर्नुपर्ने स्थिति आइपरेको हो।
  • ममता ब्यानर्जीले भवानीपुर सीटबाट चुनाउ लड़िरहेकी छन्। किनकि यो उनको पारम्परिक सीट रहेको छ। ममता ब्यानर्जीले वर्ष 2011 अनि 2016 –मा भवानीपुरबाट चुनाउ जितेकी थिइन्।
  • राज्यमा विधान परिषद् नभएको कारण भवानीपुर उपचुनाउ शायद उनको राजनीतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण चुनाउ हुनुपर्छ। यदि उनी विजयी हुन्छिन् भने उनलाई राज्य विधानसभाको सदस्य बन्नबाट कसैले पनि रोक्न सक्तैन। उनी बंगालकी मुख्यमन्त्री बनिरहने छिन्।
  • यो सीट टीएमसी-का लागि प्रतिष्ठाको विषय बन्नपुगेको छ। किनभने, 2011 देखि 2019 बिचमा जे-जति पनि चुनाउ भए, त्यसमा भाजपा लगातार यहाँ दह्रिलो हुँदै गइरहेको हामी पाउँदछौं भने, टीएमसीको भोट संख्या घट्दै गइरहेको देखिन्छ। वर्ष 2011 -मा ममता यहाँबाट 54 हजार भोटको व्यवधानले चुनाउ जितेकी थिइन् भने तर 2016 -मा यो घटेर 25 हजारमा आएको थियो। अर्थात्, ममताले 25 हजार भोटले मात्र यहाँबाट चुनाउ जितेकी थिइन्।
    यसैगरी, वर्ष 2011 -मा भाजपालाई यो सीटमा केवल 5078 भोट प्राप्त भएको थियो भने 2014 –मा उक्त संख्या बढ़ेर 47 हजार भोट प्राप्त भएको थियो।

यसबाट स्पष्ट हुन्छ कि यसपालिको उपचुनाउ विशेषगरी भवानीपुर सीट ममता ब्यानर्जी अनि टीएमसी-का लागि धेरै नै महत्त्वपूर्ण एवं प्रतिष्ठाको विषय बन्नपुगेको छ अहिलेलाई…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *