• Sat. May 18th, 2024

नारद स्टिंग काण्ड : तृणमूल सरकारका दुइ मन्त्री विरुद्ध चार्जशीटI शुभेन्दु अधिकारीको नाउँ चैं खोइ? : तृणमूल कंग्रेस

Byadmin

Sep 2, 2021

नारद स्टिंग काण्ड : तृणमूल सरकारका दुइ मन्त्री, एक विधायकसहित पाँचजना विरुद्ध चार्जसिट। तृणमूलले सोध्यो- शुभेन्दु अधिकारीको नाउँ चैं खोइ?

प्रवर्तन निदेशालय (इडी)-ले बुधवार बंगालको सत्तारुढ़ पार्टी तृणमूल कंग्रेसका प्रभावशाली मन्त्रीहरू क्रमैले फिरहाद हकीम अनि सुब्रत मुखर्जीसहित विधायक मदन मिश्रा अनि पूर्व मेयर शोभन च्याटर्जी विरुद्ध चार्जसिट दर्ता गऱ्यो। यसमा पूर्व आईपीएस अधिकारी एसमएच अहमद मिर्जाको नाम पनि सामेल छ।
खबर अनुसार दुइ मन्त्री अनि विधायकसित सोधखोज गर्नका लागि इडी-ले विधानसभा अध्यक्षसित अनुमति लिन अनि शोभन र मिर्जालाई कोर्टको माध्यमबाट शमन पठाउने तयारीमा लागेको छ।
अर्कोतिर, यस मुद्दामाथि टीएमसी-को पक्षबाट शुभेन्दु अधिकारीलाई चार्जशिटमा सामेल किन गरिएन भनी प्रश्न गरिएको छ। स्टिंगमा शुभेन्दु पनि पैसा लिँदैगरेको देखिएका थिए भन्दै टीएमसी नेता कुणाल घोषले सीबीआई अनि इडी-को डर देखाउँदै मानिसहरूलाई भाजपामा सामेल गराएको आरोप लगाएका छन्।

https://youtu.be/Hb78pAU6WNc

Leave a Reply

Your email address will not be published. Required fields are marked *