• Sat. May 18th, 2024

तालिबानीहरूले गरे भारतीय नागरिकको अपहरण
अपरहण भएका व्यक्ति काबुलमा गर्दथे व्यवसाय

Byadmin

Sep 15, 2021

काबुलमा बन्दुकको सहारामा तालिबानीहरूले गरे भारतीय नागरिकको अपहरण। अपरहण भएका व्यक्ति काबुलमा गर्दथे व्यवसाय।

सत्तामा आएपछि तालिबानले अब कसैसँग बदला नलिने घोषणा गरेतापनि उक्त घोषणा साचोरुपमा परिणत भएको छैन। तालिबानीले हरेक त्यी व्यक्तिहरुसित बदला लिइरहेका छन् जो अफगान सरकारको साथ रहेका छन्। प्राप्त खबर अनुसार काबुलमा अफगानिस्थानको एकजना भारतीय नागरिकलाई अपहरण गरिएको छ।यसरी नै भारतीय नागरिक बन्सरी लाल अरेन्देलाई बन्दूकको साहारामा अपहरण गर्नेहरू तालिबानी रहेको बताइएको छ। उक्त घटनापछि भारत सरकारका विदेश मन्त्रालयसित गरी पूर्ण कार्वाहीको माग गरेका छन्। बन्सरी लाल अरेन्दे काबुलमा फार्मास्र्युटिकल उत्पादहरूको व्यवसायी गर्दथे । सोमवार बिहान लगभग आठ बजी केही मानिसहरू तिनको दोकानमा आइ बन्दुकको सहारामा अरेन्दे लगायत उनको साथीहरूलाई अपहरण गरिएको बताइएको छ।अपहरणको घटनापछि उक्त क्षेत्रमा सनसनी फैलियो । इण्डियन वर्ल्ड फोरमका अध्यक्ष पुनीत सिंह अनुसार अफगानमा हिंन्दू-सिख समुदायको तरफबाट अपहरणको जानाकारी प्राप्त भएको जनाउदै विदेश मन्त्रालयसित सम्पर्क गरी उक्त मामिलामाथि झट्टै हस्तक्षेप गर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *