• Sat. May 18th, 2024

जीवित नै छिन् अफगानिस्तानकी महिला गवर्नर
तालिबान विरुद्ध उठाएकी थिइन् सलीमाले बन्दुक

Byadmin

Sep 15, 2021

जीवित नै छिन् अफगानिस्तानकी महिला गवर्नर सलीमा मजारी। तालिबान विरुद्ध उठाएकी थिइन् तिनले बन्दुक।

तालिबानी अनि अशरफ गनी सरकार विरूद्ध संघर्षको क्रममा बल्ख प्रान्तकी महिला गवर्नर सलीमा मजारीलाई बन्धक बनाएको खबर प्रकाशमा आएको थियो। तिनलाई कुनै अज्ञात स्थानमा राखिएको थियो,त्यसपछि जब काबुलमा तालिबानहरूले कब्जा गरे तब दुनियाले महिला गवर्नरको मृत्यु भइसकेको ठानेका थिए। वास्तवमा यस्तो केही नभएको टाइम म्यागजीनले दावी गर्दै सलीमा मजारी अहिले पनि जीवित नै रहेको अनि अमेरिकाको अज्ञात स्थानमा सुरक्षित रहेको जनाएका छन्। तिनले तालिबानलाई चकमा दिइ सुरक्षित स्थानसम्म पुग्न सफल बनेकी छन्।
उल्लेखनीय छ, सलीमा मजारी अफगानिस्तानमा पहिलो महिला गवर्नरहरूमध्ये एक रही सकेकी छिन्। पछिल्लो महिना जब तालिबानले एक-एक गर्दै सबै प्रान्तहरूमाथि आक्रमण गर्न शुरू गरे तब सलीमाले भाग्नुको सट्टा भिड़न्त गर्ने निर्णय लिए। वास्तवमा, उनको जिल्लालाई तालिबानद्वारा घेरेपछि अन्तमा बल्खलाई पनि समर्पण गर्नु पऱ्यो। त्यसपछि तालिबानले सलीमालाई बन्धक बनाएको खबर आएका थिए, उनलाई कस्तो अवस्थामा राखिएको थियो यसको जानकारी कसैलाई थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *