• Fri. May 3rd, 2024

घटनामा 6 जना घाइते, स्थानीय अस्पतालमा गऱ्यो भर्ती – JAMMU KASHMIR / HIMALAYAN NETWORK

Byadmin

Oct 26, 2021

जम्मू-कश्मीर: बान्दीपोरामा आतंकवादीहरूद्वारा ग्रेनेड हमला । घटनामा 6 जना मानिसहरू भए घाइते। घाइतेहरूलाई स्थानीय अस्पतालमा गऱ्यो भर्ती। उत्तरी कश्मीरको बान्दीपोराको सुंबल पुल इलाकामा मंगलवार आतंकवादीहरूको ग्रेनेट हमलाम 6 जना मानिसहरू गम्भीर रुपमा घाइते भए। धमाकामा केही वाहनहरूको शीशा समेत फुट्यो। अचानक भएको उक्त हमलापछि उक्त स्थानमा भागदौड़ मचिएको थियो। हमलाको सूचना पाएपछि सुरक्षाबल इलाकामा पुगी घाइते बनेका सबैलाई अस्पतालमा पुऱ्याएका थिए। वरिष्ठ पुलिस अधिकारी अनुसार, आतंकवादीहरूले सुरक्षाबलहरूमाथि निशाना बनाउँदै ग्रेनेड हमला गरेका थिए। उक्त ग्रेनेड सड़कको अर्को तर्फ झरेपछि पढ़्केका थिए। उक्त ग्रेनेटको चपेटमा परि 6 जना मानिसहरू गम्भीर रुपले घाइते थिए भने उनीहरूलाई उपचारको निम्ति स्थानीय अस्पतालमा भर्ती गराए। उक्त घटनामा घाइते बनेका 6 जना मानिसहरूको अवस्था स्थिर रहेको बताइएको छ। यता पुलिस अधिकारी अनुसार इलाकामा आतंकवादीहरूको खोजी अभियान जारी रहेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *