• Sun. May 19th, 2024

आरपीएफ-ले गऱ्यो दुइ व्यक्तिबाट धेरै रकम बरामद, ब्यागबाट 63 लाख 96 हजार 300 रुपियाँ भयो उद्धार ,तस्करीको रकम जमा गर्न लगिएको हुनसक्ने आशंका

Byadmin

Oct 22, 2021

आरपीएफ सीबीआईले दुइ व्यक्तिबाट बरामद गऱ्यो धेरै रकम। ब्यागबाट नगद 63 लाख 96 हजार 300 रुपियाँ भयो उद्धार। घटनाबारे छानबीन शुरू। कुनै तस्करीको रकम जमा गर्न लगिएको हुनसक्ने आरपीएफ सीबीआई-को आशङ्का।

बिहार समस्तीपुर निवासी प्रकाश कुमार र सञ्जय ठाकुर नामक दुइजना व्यक्तिको ब्यागबाट धेरै रकम प्राप्त भएको खबर प्रकाशमा आएको छ। आरपीएफका सीबीआईहरूले बिहीबार अवध असम एक्सप्रेस अप्-को एसी बग्गीमा सवार ती दुइजना रेलयात्रीका ब्याग खोतल्दा ब्यागबाट जम्मा नगद 63 लाख 96 हजार 300 रुपियाँ उद्धार गर्न सफल भएको जानकारी आरपीएफ सीबीआई सूत्रले दियो। आरपीएफ सीबीआईलाई पहिलाबाट उक्त दुवै यात्रीहरुमाथि शंका थियो, कुनै उद्देश्यले ती दुइ व्यक्ति बिहारदेखि असमतर्फ गइरहेका थिए। आयकर विभाग जलपाइगढ़ीका अधिकारी मिङमा शेर्पाले जनाए अनुसार दुवै यात्रीबाट आरपीएफ सीबीआईले ब्यागको गुप्त च्याम्बरभित्र लुकाएर राखेको रकम बरामद गरेपछि दुवैलाई नियन्त्रणमा लिई पछि आयकर विभागलाई सुम्पियो। पक्रा परेका ती दुवै व्यक्तिले असमको कुनै चियाबारीको वेतन जमा दिन आफूहरुलाई पठाइएको बताए पनि आरपीएफ सीबीआईले यो कुनै तस्करीको रकम जमा गर्न लगिएको हुनसक्ने आशङ्का गरेको छ। घटनाबारे छानबीन चलिरहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *