• Fri. May 17th, 2024

आईपीएल : कलकत्ता नाइटराइडर्स बनाम पञ्जाब किंग्स, म्याच आज साँझ 5 बजीदेखि शुरू

Byadmin

Oct 1, 2021

इण्डियन प्रीमियर लीगमा शुक्रबार भिड़न्त हुनेछ कलकत्ता नाइटराइडर्स अनि पञ्जाब किंग्स। पञ्जाब टीमको निम्ति गर या मरको खेल प्रदर्शन।

इण्डियन प्रीमियर लीगको 14औं सिजनको 45औं खेलमा आज शुक्रबार साँझ कलकता नाइटराइडर्स अनि पञ्जाब किंग्स टीमबिच म्याच सम्पन्न हुनेछ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न हुने उक्त म्याच दुवै टीमको निम्ति महत्त्वपूर्ण रहेको छ। प्लेअफमा पुग्नको निम्ति पञ्जाब टीमले कलकत्ता टीमलाई हराउनुपर्ने स्थिति छ। वर्तमानमा अंक तालिकामा पञ्जाबको टीम छैटौं स्थानमा छ भने कलकत्ता चौथो स्थानमा पुगिसकेको छ।
कलकत्ताले दोस्रो चरणमा उत्कृष्ट खेल प्रदर्शन गरी आफ्नो खातामा 11 वटा म्याचमा 5 चोटि जीतको साथ 10 अंक प्राप्त गरेको छ। यता धेरै म्याच खेलपछि पनि पञ्जाब टीमले केवल 4 चोटि जीतको साथ 8 अंक प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *