चेन्नई सुपर किंग्स विरुद्ध कस्तो हुनेछ सनराइजर्स हैदराबादको प्लेइंग इलेभेन।
इण्डियन प्रीमियर लीग (आईपीएल)-को 14औं सिजनमा रोमाञ्चक रूपमा चलिरहेको चेन्नई सुपर किंग्स विरुद्ध बिहीबार साँझ सनराइजर्स हैदराबाद दलसित भिड़न्त हुनेछ। वर्तमान समयसम्म टीमको निराशाजनक प्रदर्शन रहँदै आइरहेको छ, जसको कारण तालिका सूचीमा आठौं नम्बरमा रहेको छ। चेन्नई सुपर किंग्स टीम विरुद्ध सनराइजर्स टीममा परिवर्तन गर्ने आशा कम देखिएको छ। रिद्धिमान साहामाथि टीमलाई ठूलो आशा-भरोसा छ। कप्तान केन विलियम्सले पहिलेकै प्रदर्शनलाई कायम राखे टीमलाई विजय बनाउन सक्नेछन्।
टीमको बलिङमा धेरै सशक्त रहेको छ जहाँ अनुभवी खेलाड़ी भुवनेश्वर कुमार अनि वर्ल्ड क्लास स्पिनर राशिद खान छन्। यसका साथै सन्दीप शर्मा पनि ब्याटिङ मेनहरूलाई खेल्न मुश्किल गराउन सक्नेछन्। सिद्धार्थ कौल पनि चेन्नई सुपर किंग्सका खेलाड़ीहरूलाई चाप दिनसक्ने सम्भावनामा देखिन्छन्।