• Sat. May 10th, 2025

PAKISTAN-मा दुइ साम्प्रदायिक गुटबिच भिड़न्त- 11 DEATH, 15 INJURED

Byadmin

Oct 26, 2021

पाकिस्तानमा दुइ साम्प्रदायिक गुटबिच भिड़न्त, भिड़न्तमा 11 जनाको मृत्यु, 15 जना घाइते । इमरान सरकारको अझ बढ़्यो कठिनाइ। उत्तर पश्चिमी पाकिस्तानको कबायली इलाकामा वन भूमिको विवादित कब्जालाई लिएर दुइ गुटहरूबिच भिड़न्त भयो। कुर्रम जिल्लाको कोहाट डिभिजनमा सोमवार शिया-सुन्नीबिच भएको संघर्षमा कम्तिमा 11 जना मानिसहरूको मृत्यु भएको छ भने 15 जना घाइते बनेका छन्। समाचार एजेन्सी सूत्र ,विवादित पर्वतीय जंगलहरूमा रुख कटाइलाई लिएर दुइ समुहमबिच भिड़न्त भएको जनाएको छ। सूत्र अनसार, दुवै पक्षबाट भएको गोलीबारीमा 11 जना मानिसहरू मारिएको अनि 15 जना घाइते भएको बताइएको छ। शान्ति बहाल गर्नको निम्ति पुलिसलाई तैनाथ गरिएको बताइएको छ। पाकिस्तानले बढ़दो साम्प्रदायिक हिंसाको सामना गर्नु परिरहेको छ। अल-कायदा अनि तहरीक-ए-तालिबान पाकिस्तानसित जुड़ेका सशस्त्र सुन्नी समूह सधैं नै शियाहरूको सभाहरूमाथि हमला गर्दछन्, जो देशको मुस्लिम आबादीको लगभग 20 प्रतिशत अंश हुन्। पाकिस्तानमा साम्प्रदायिक हिंसा बढ़्नको साथै विपक्षी राजनीतिक पार्टीहरूले पनि इमरान सरकारलाई घेर्न शुरू गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *