दीर्घ समयदेखि नै कालचिनी खण्डको एकमात्र बन्द मधु चियाबारी चाँढ़ै खोलिने आश्वासन विभिन्न नेताहरुले दिँदै आईरहे तापनि आजसम्म कमान खोलिने कुनै अतोपतो नहुदाँ सोमबार विहान बन्द मधु चियाबारीका केही श्रमिकहरुले मधु चियाबारी संलग्न हाँसीमारा-कालचिनी सड़क अवरोध गरे। पथावरोध भएको घटनालाई सुनेर घटनास्थलमा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा अनि कालचिनी बीडीओ प्रशान्त बर्मन पुगी अवरोधकारीहरुलाई कमान खोलिने टेन्डर राज्य सरकारले गरिरहेको समय यसरी पथावरोध गर्नाले नकरात्मक प्रभाव पर्ने र कमान खोलिन लागेको बेला यसो नगर्ने अब केही दिनभित्रै कमान खोलिने बताएपछि पथावरोध हटाईएको थियो। उक्त पथावरोध तृणमूल समर्थकहरुले नै गरेको सम्बन्धमा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाले सिधा सोझा श्रमिकहरु आत्तिएर यसो गरेको र उनिहरुलाई बुझाएर पथावरोध हटाईएको जनाउँदै अति चाँड़ै मधु चियाबारी खोलिने र यसको लागि धैर्य राख्ने निवेदन गरिएको जनाएका छन्।