• Sat. May 10th, 2025

कालचिनी क्षेत्रमा डेङ्गु सचेतनासितै गऱ्यो मच्छरदानी वितरण

Byadmin

Oct 26, 2021

कालचिनी क्षेत्रमा गऱ्यो बीडीओको तत्परतामा भीआरपी ,भीसीटी अनि भीएसटी टीमले डेङ्गु सचेतना गर्दै मच्छरदानी वितरण। कालचिनी बीडीओको तत्परतामा तथा भीआरपी औ भीसीटी र भीएसटी टीमले कालचिनी क्षेत्रको मोदी लाईनमा पुगेर प्रायः 25 भन्दा अधिक परिवारलाई मच्छरदानी वितरण गरेका थिए। डेङ्गु पीड़ित परिवारहरुकहाँ पुगेर टीमले प्रथमत किटनाशक छिड़काव गर्दै सेनिटाइजेशन कार्य गरे। बीडीओ प्रशान्त बर्मनको उपस्थितिमा प्रायः 25 परिवारलाई मच्छरदानी वितरण गरेका थिए। यस सम्बन्धमा कालचिनी बीडीओ प्रशान्त बर्मनले हाल कोरोना महामारीको अन्त नभएको बेला डेङ्गु र मलेरियाको प्रकोप बढ़ेको देखेर जिल्ला प्रशासनको निर्देश बमोजिम डेङ्गु पीड़ित परिवारहरुकहाँ पुगेर सचेतना गर्ने औ मच्छरदानी वितरण गर्ने कार्य साथै किटनाशक छिड़काउको कार्य सम्पन्न गरिएको जनाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *