• Mon. Feb 23rd, 2026

गर्भवती महिला बोक्ने एम्बुलेन्स चालकहरूको गुनासो

Byadmin

Oct 25, 2021

क्षेत्रको गर्भवती तथा प्रसूति महिलाहरुको तत्काल सेवामा तत्पर रहेका एम्बुलेन्स निश्चय यान बन्द गर्न बाध्य उत्तर लोथाबारी ग्रामीण अस्पतालका एम्बुलेन्स चालकहरू। ग्रामीण क्षेत्रको गर्भवती औ प्रसूति महिलाहरुको तत्काल सेवामा खटिएका निश्चय यान एम्बुलेन्सहरु अब बन्द राख्न चालकहरु बाध्य हुन लागेको स्थिति देखा पर्न थालेको छ। स्वास्थ्य औ परिवार कल्याण विभागद्वारा प्रदत निश्चय यान एम्बुलेन्स परिसेवामा उत्तर लोथाबारी ग्रामीण अस्पतालका एम्बुलेन्स चालकहरू तत्पर रहेका छन्। यसै परिसेवामा संलग्न रहेका एम्बुलेन्स चालकहरु औ एम्बुलेन्स सेवामा खटाईएको वाहन मालिकपक्ष अनुसार वर्तमानमा पेट्रोल डीजलको मूल्यवृद्धिले आकास छोएको समय पनि इन्धनको उचित मूल्य स्वास्थ्य विभागबाट नपाएको गुनासो रहेको छ। तिनीहरूले विगत 5 महीनादेखि निश्चय यान एम्बुलेन्सको बिल आजसम्म नपाएकोले अब निश्चय यान एम्बुलेन्स चलाउन गाह्रो परिरहेको जनाएका छन।यस विषयमा एम्बुलेन्स चालक लानम लामाले पाँच महिनादेखि कुनै रुपियाँ प्राप्त नभएको जनाउँदै आउँने दिनमा एक सभा गरी अनिश्चितकालको लागि एम्बुलेन्स सेवा बन्द गर्न सकिने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *