• Sat. May 10th, 2025

मुख्यमन्त्रीको उत्तर बंगाल भ्रमण आइतवारदेखि

Byadmin

Oct 23, 2021

मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगाल भ्रमण आइतवारदेखि शुरू। सिलगढ़ी मेट्रोपोलिटन पुलिसद्वारा सुरक्षा व्यवस्थालाई लिएर प्रशासनिक तयारी। मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालको भ्रमणमा आइतबारदेखि आइरहेकी छन्। मुख्यमन्त्रीको उक्त भ्रमणलाई लिएर सिलगढ़ी मेट्रोपोलिटन पुलिसद्वारा प्रशासनिक रुपमा तयारी चलाइएको छ। उत्तरकन्यासहित सिलगढ़ीमा पनि सुरक्षा व्यवस्था कठोर गरिएको छ। सुरक्षा व्यवस्थाको उक्त कार्यमा पुलिस कमिश्नर गौरव शर्मा स्वयं ग्राउण्डमा उत्रिएको देखिए भने पुलिसका उच्च अधिकारीहरूलाई कड़ा निगरानी गर्ने जिम्मेवारी दिइएको छ। यसैबिच मुख्यमन्त्रीको भ्रमणलाई लिएर पुन: फूलबारीको हेलीप्याडलाई नयाँ रूप दिइँदैछ भने डीसीपी जय टुडु अनि एसीपी शुभेन्द्र कुमारले हेलीप्याड लगायत वरपर इलाकाको जानकारी लिए। मुख्यमन्त्री ममता ब्यानर्जी आइतबार बाघडुग्रा विमानस्थलमा अवतरण गरी सोझै बाघजतिन पार्कमा जानेछिन्, जहाँ सिलगढ़ी पुलिसको विजय सम्मेलनमा सहभागी बन्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *