• Sat. May 10th, 2025

मुख्यमन्त्रीको पहल : केन्द्रिय राज्यमन्त्रीले गरे सराहना

Byadmin

Oct 23, 2021

पहाड़को स्थितिबारे जानकारी लिन उत्तर बंगाल भ्रमणमा आइरहेकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहललाई केन्द्रिय राज्यमन्त्री निसित प्रमाणिकले गरे सराहना। दिनहाटा भाजपा प्रत्याशीलाई चुनाउ प्रचारमा रोक लगाइएकोमा गरे कड़ा शब्दमा आलोचना। गत केही दिन अघि अविरल वर्षाको कारण पहाड़को विभिन्न क्षेत्रहरूमा पुऱ्याएको क्षयक्षतिको जानकारी लिन तथा उत्तर बंगालको भ्रमणमा आइरहेकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहललाई केन्द्रिय राज्यमन्त्री निसित प्रमाणिकले सराहना गरे। आज शनिबार बाघडुग्रा विमानस्थल आइपुगेका केन्द्रिय राज्यमन्त्री प्रमाणिकले प्राकृतिक आपदामा सबैलाई आम मानिसहरूका साथमा हुनुपर्ने बताए। जसको निम्ति तिनले मुख्यमन्त्री ममता ब्यानर्जीको सराहना पनि गरे। यता, उपचुनाउ सम्बन्धी बोल्दै तिनले दिनहाटा उप-चुनाउ अनि त्यहाँको भाजपा प्रत्याशी अशोक मण्डललाई प्रचार गर्न रोक लगाइएकोमा आलोचना पनि गरे। सत्ताधारी दलले राज्यको जनतालाई डर देखाउँदै चुनाउ जितेको भन्दै अहिले फेरि दिनहाटामा आम मानिसहरूलाई डराउने–धम्काउने कोशिश गरिरहेको आरोप लगाए। तिनले दिनहाटामा मानिसहरू कदापि पनि भ्रमित नभएको बताउँदै आम मानिसहरू मतदान गर्न निस्किने अनि भाजपा प्रत्याशी अशोक मण्डललाई व्यापक अन्तरमा जिताउने दावीसमेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *