• Wed. May 14th, 2025

महानदी-शिवखोलाबिचको सड़कमा गयो पैह्रो

Byadmin

Oct 20, 2021

अविरल वर्षाको कारण जताततै पैह्रो, क्षेत्रहरूको एकअर्काविचको सम्पर्क विच्छिन्न। महानदी-शिवखोलाबिचको सड़कमा गयो पैह्रो। सिविटारको नेटवर्क डाँड़ामा पैह्रोले चुँड़ायो सड़क। यातायातमा लाग्यो विराम। अविरल परेको पानीको कारण अहिलेघरि धेरैजसो स्थानहरूमा गइरहेछ पैह्रो। पैह्रो गएर महानदीदेखि सिविटार, गिताङ्गे अनि शिवखोलासम्म पुग्ने सड़क पनि वाधित बनेको छ। महानदीदेखि मुनि सिविटारको नेटवर्क डाँड़ामा पैह्रोले सड़क चुँड़ाएपछि वाहनहरूको आवागमनमा विराम लागेको छ। उक्त पैह्रोको कारणले महानदीदेखि सिविटारको नेटवर्क डाँड़ासम्म मात्रै गाड़ीहरू पुग्न सक्ने भएको छ। यसरी नै सिविटार चियाबारीको तेरेस गाउँमा रहेको सड़क पनि पैह्रोले लगेको छ। तेरेस गाउँको स्थानीय टाइसन प्रधानको घर नजिकबाट उक्त पैह्रो गएको छ भने पैह्रोले तेरेस गाउँमा बनिँदै गरेको जुनियर हाई स्कूलको भवनमा पनि ढुंगाहरू पसेका छन्। यस विषयमा स्थानीय शिवकुमार प्रधानले लगातार परेको पानीले तेरेस गाउँमा पैह्रो गएको र यस पैह्रोले स्थानीय टाइसन प्रधानको घरलाई खतरा भएको र तलपट्टि स्कूललाई पनि पैह्रोले क्षति गरेको हुनसक्ने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *