महानदी ग्राम पञ्चायतको सिविटार तितिरी गाउँ पैह्रोको चपेटमा। पैह्रोको कारण क्षेत्रको सड़क बन्यो बाधित। स्थानीय बिवेक राईको घर लगायत अन्य दुइवटा घर जोखिममा। सिविटार चियाबारीको काँचो चियापत्ती अन्यत्र लान भयो असुविधा।
खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार तितिरी गाउँलाई पनि पैह्रोले निक्कै प्रभावित बनाएको छ। सिविटार चियाबारीमा पैह्रोको कारण रुख लड़्दा सड़क बाधित बनेको छ। स्थानीय विवेक राईको घर मुनिपट्टि रहेको सड़कमा एउटा रुख ढलेपछि सड़क बन्द हुनुका साथै केही घरहरूलाई खतरा भएको छ। महानदीबाट सिविटार चियाबारी हुँदै गैरी गाउँदेखि सिविटार तितिरीतर्फ आउने सड़क रुख ढलेर बन्द भयो भने स्थानीय विवेक राई लगायत अझ दुइवटा घर जोखिममा पुगेका छन्। पैह्रोले सड़कमुनि रहेको दिपक छेत्रीको घरलाई पनि खतरा हुने सम्भावना देखिन्छ। सड़क यसरी बाधित बनेपछि सिविटार चियाबारीको काँचो चियापत्ती अन्यत्र लान असुविधा भएको छ। यस विषयमा स्थानीयहरूको पक्षमा मोहन सेवाले लगातार परिरहेको पानीले गर्दा गाउँलाई निक्कै क्षति भएको र बिबेक राईको घरमुनि पैह्रो गएर रुख ढलेको अनि सड़क पनि वाधित बनेको बताएका छन्। उनले माथिल्लोपट्टि विवेक राई, गुञ्जन राई र रञ्जन राईको घरलाई खतरा हुनसक्ने र तल्लोपट्टि दीपक छेत्रीको घरलाई खतरा हुने बताए।