12 अक्टोबरको दिन सम्पन्न हुने त्रिपक्षीय वार्तालाई गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चा केन्द्रिय समितिद्वारा जनाइयो स्वागत। वार्ताको विरोध गर्नेहरूलाई पनि शुभकामना दिँदै गोर्खा जातिले न्याय पाउँदा विपक्षीहरूले पनि न्याय पाउने गोराविमो अध्यक्ष अनमोल निरौलाको भनाइ।
गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चा केन्द्रिय समिति अध्यक्ष अनमोल निरौलाले भीडियो जारी गर्दै आगामी 12 अक्टोबरको दिन केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा सम्पन्न हुने त्रिपक्षीय वार्तालाई स्वागत जनाएका छन्। विध्यार्थी मोर्चा अध्यक्ष निरौलाले विपक्षहरूले जति पनि विरोध गर्दैछन्, उनीहरूलाई पनि शुभकामना व्यक्त गर्दै बैठक जब सफल हुन्छ तब आफूहरूले मात्र नभएर विपक्षहरूले पनि न्याय पाउने, गोर्खा जातिले न्याय पाउने बताए। तिनले बैठकलाई विरोध होइन तर सकारात्मक विचार लिएर सम्पूर्ण देवी देउताहरूसित बैठक सफल रहोस् भन्ने प्रार्थना गर्ने बताउँदै विगतमा 2007 देखि यता भएको बैठक केवल फोटो खिँच्ने मात्र रहेको तर अहिलेको बैठक पहाड़, तराई-डुवर्सका गोर्खा जातिले न्याय पाउने बैठक हुने आशा रहेको बताए।