• Thu. May 22nd, 2025

वार्ताको पत्र : भाजपा गठबन्धन दलहरूमा हर्षको लहर…

Byadmin

Oct 6, 2021

त्रिपक्षीय वार्ताको पत्र : भाजपा गठबन्धन दलहरूमा हर्षको लहर। राज्य सरकार यदि इमान्दार छ भने त्रिपक्षीय वार्तामा सरिक हुनुपर्ने गोरामुमो नेता सन्दिप लिम्बूको भनाइ। त्रिपक्षीय वार्ताको पत्रको खबर सार्वजनिक रूपमा फैलिएपछि अहिलेघरि भाजपा गठबन्धन दलहरूमा हर्षको लहर छाएको देखिन्छ। वार्तामा पहाड़,तराई अनि डुवर्सका निर्वाचित गोर्खा प्रतिनिधिहरूलाई पनि समावेश गर्नेभएको जनाइएको छ। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको पक्षबाट बुधबार दार्जीलिङ शहरमा पोस्टरिङ गरियो। त्रिपक्षीय वार्ताका लागि केन्द्रिय गृह मन्त्रालयबाट पत्र आइपुगेको जनसाधारणलाई सूचित गर्दै गोरामुमोले शहरमा पोस्टरिङ गर्ने काम गऱ्यो। यस विषयमा प्रकाश पार्दै गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी महासचिव सन्दिप लिम्बूले यो वार्ता दार्जीलिङ र दिल्लीको मात्र वार्ता नभएर स्टेटलाई पनि पत्रचार गरिसकेको जनाउँदै ममता ब्यानर्जी बकायदा मुख्यमन्त्री भइसकेपछि उनको रिजल्ट आएपछि चिट्ठी काटिएको बताए। महासचिव लिम्बुले निश्चित तवरमा राज्य सरकारलाई हामीले हेर्नु छ भन्दै राज्य सरकारले पनि पहाड़को स्थायी समाधान गर्छु भनेर अगावै भनेकोले यदि राज्य इमान्दार छ भने त्रिपक्षीय वार्तामा सरिक हुनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *