भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गोरुबथान ४३ नम्बर समष्टि जोन १ कमिटी गठन। गोरुबथान ४३ नम्बर समष्टि जोन-१ मा भारतीय प्रजातान्त्रिक मोर्चाको समष्टि कमिटी गठन गरियो। सोमबारे बजारस्थित पार्टी कार्यालयमा मंगलबार भागोप्रयुमो कालेबुङ जिल्ला समितिको अध्यक्ष सीबी गुरूङ, महासचिव विनय घिसिङ, युवाशक्ति अध्यक्ष बारूद थापा, नारी शक्ति अध्यक्ष शशी प्रधान आदि लगायत जिल्ला समितिका पदाधिकारीहरूको उपस्थितिमा समष्टि कमिटी गठन गरियो। सभाले गठन गरेको भागोप्रयुमो ४३ नम्बर समष्टि जोन – १ समष्टि कमिटीका नवनिर्वाचित पदाधिकारीहरूमा तेन्हाङ राई इञ्चार्ज, सूर्यमणि राई अध्यक्ष, उपाध्यक्षमा क्रमैले रविन प्रधान, निमा लामा, राजेन बुढाथोकी, सुजन लामा र ओमप्रकाश कार्की, कार्यकारी अध्यक्ष दिलबहादुर सार्की, महासचिव काशीराम प्रधान, सह-सचिव दीपक डुङडुङ, हैदर अली सिद्धकी, गंगाराम ब्लोन, सुरज प्रधान अनि कोषाध्यक्ष बर्बु वहन राणालाई मनोनीत गरियो। साङ्गठनिक सचिवको रूपमा असीम राईलाई मनोनीत गरियो। यसरी नै अन्य व्यक्ति-विशेषहरूलाई पनि समितिको विभिन्न ओहोदाको निम्ति चयन गरियो।