• Sat. May 10th, 2025

अज्ञात समूहद्वारा बूथ सभापतिमाथि आक्रमण, तृणमूल आश्रित गुण्डाहरूको कृत्य : भाजपा

Byadmin

Oct 1, 2021

अज्ञात बदमाशहरूको आक्रमणमा घाइते बने भाजपा बूथ सभापति। यो आक्रमण तृणमूल आश्रित गुण्डाहरूले गरेको भाजपा समर्थकहरूको आरोप। अलिपुरद्वार जङ्क्सन आउटपोस्ट पुलिसद्वारा घटनाको जाँच शुरू।

बुधवार राति अलिपुरद्वार जङ्क्सन संलग्न क्षेत्रमा अज्ञात बदमाशहरुको एउटा समूहले आक्रमण गर्दा अलिपुरद्वार भोलाडाबरी संहती सङ्घ क्षेत्रको 12/149 नम्बरको भाजपा बूथ सभापति तुहिन राय चौधरी गम्भीर रूपले घाइते भए।
बुधवार राति 11 बजी एउटा दोकानबाट सर-सामानहरू किनेर घर फर्किरहेको समय अलिपुरद्वार जङ्क्सन रेलवे स्टेशन क्षेत्रमा पुग्दा तिनीमाथि एक हूल बदमाशहरूले अचानक लौरो र बटमहरूले प्रहार गर्दै गम्भीर घाइते बनाए। जसोतसो रक्ताम्मे अवस्थामा तिनी घर पुग्दा तिनलाई भाजपा समर्थकहरूले समयमै अलिपुरद्वार जिल्ला अस्पतालमा उपचारको निम्ति पुऱ्याएका थिए। वर्तमान तिनको उपचार चलिरहेको छ। भाजपा समर्थकहरुले यो आक्रमण तृणमूल आश्रित गुण्डाहरूले गरेको ‌बताएका छन्।
यता, घटनाको जानकारी पाएर अलिपुरद्वार जङ्क्सन आउटपोस्ट पुलिसले जाँच शुरु गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *