निमती, दोमोहनी संलग्न क्षेत्रबाट प्रायः 300 भन्दा धेरै संख्यामा भाजपा समर्थकहरू तृणमूलमा भए सामेल। कालचिनी ब्लक सभापतिले सबैलाई झण्डा प्रदान गर्दै जनाए पार्टीमा स्वागत।
भाजपा छोड़दै धमाधम सत्तारूढ़ तृणमूलमा सामेल हुने क्रम चलिरहेको छ। आज फेरि लोथाबारा ग्राम पञ्चायत अन्तर्गत निमती दोमोहनी औ संलग्न क्षेत्रबाट प्रायः 300 भन्दा धेरै संख्यामा भाजपा समर्थकहरू तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाको उपस्थितिमा तृणमूलमा सामेल भए।
लोथाबारी ग्राम पञ्चायत अन्तर्गत निमती स्थित करुणा स्कूल भवनमा सम्पन्न तृणमूलको एउटा सभामा लोथाबारी ग्राम पञ्चायतका कङ्ग्रेस निर्वाचित पूर्व उप-प्रधान मनु खड़िया, आरएसएस कार्यकर्ता पप्पू चौरासिया, भाजपा एसटी सेलका लोथाबारी अञ्चलका उप-सभापति सङ्गीता लोहारको नेतृत्वमा प्रायः 300 जति भाजपा समर्थकहरूलाई ब्लक सभापति पासङ लामाले पार्टीको झण्डा प्रदान गर्दै स्वागत जनाए।
यस अवसरमा तृणमूल अलिपुरद्वार जिल्ला नेत्री इन्दुसिंह राय, लोथाबारी ग्राम पञ्चायतकी उप-प्रधान गौरी ठाकुर, तृणमूल नेता नबुल ठाकुर, सुन्दर तामङ आदिको उपस्थिति थियो।