• Sat. May 10th, 2025

सैनिक सम्मानसहित गरियो शहीदको दाहसंस्कार
जिल्ला अधिकारी, राजनैतिक नेताहरू थिए उपस्थित

Byadmin

Sep 24, 2021

शहीद विधान घिसिङको सैनिक सम्मानसहित गरियो दाह-संस्कार। जिल्ला अधिकारी लगायत राजनैतिक पार्टी नेतृत्वहरूको थियो उपस्थिति।

जम्मू-कश्मीरमा आफ्नो कार्यक्षेत्रमा तैनाथ रहेर देशको निम्ति शहीद बनेका भारतीय सेनाका नायक विधान घिसिङको पार्थिव शरीरलाई बिहीबार सैनिक सम्मानका साथ तिनको पैतृकस्थल पुसिम्बोङ, दार्जीलिङमा दाहसंस्कार गरियो। यस अवसरमा दार्जीलिङ मिलिटेरी स्टेशनका कमाण्डर लगायत सेनाका वरिष्ठ अधिकारीहरू, दार्जीलिङका जिल्लापाल, पुलिस अधीक्षक, महकुमा शासक, खण्ड विकास अधिकारी अनि विभिन्न राजनैतिक दलका प्रमुखहरूको उपस्थिति थियो।
बुधबार शहीद विधान घिसिङको पार्थिव शरीर श्रीनगरबाट बाघडोग्रा विमानस्थल हुँदै तिनको पैतृकस्थल पुसिम्बोङ ल्याइपुऱ्याइएको थियो। बिहीबार राष्ट्रिय झण्डाले बेह्रिएको नायक विधान घिसिङको पार्थिव शरीरलाई शवदाह मैदानमा पुऱ्याइयो, जहाँ सम्पूर्ण सैनिक सम्मानसहित शहीदको अन्तिम संस्कार गरियो।
स्मरण रहोस्, शहीद विधान घिसिङ सन् 2003 -को 2 जूनमा भारतीय सेनाअन्तर्गत जेएनकेमा भर्ना भएका थिए। विधानले परिवारमा आफूपछि आमा-बाबा, पत्नी सबिना, दुइ छोरा अनि भाइलाई छोड़ी गएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *