• Sat. May 10th, 2025

विश्व पर्यटन दिवस : एमटीबी क्लबको पहल
जिल्ला प्रशासनको सहयोगमा हुने साइकल रेस

Byadmin

Sep 24, 2021

विश्व पर्यटन दिवसको अवसरमा दार्जीलिङ पुलिस अनि जिल्ला प्रशासनको सहयोगमा एमटीबी क्लबले साइकल रेसको गर्दैछ आयोजन। मेडल, सर्टिफिकेट, ट्याग नम्बर अनि विपन्न परिवारका विद्यार्थीहरूलाई प्रदान गरिइने मोबाइल फोनको गरियो सार्वजनिक।

पहाड़ी क्षेत्रमा पर्यटकहरूलाई अझ आकर्षक गर्न साथै युवाहरूलाई जागरूक गराउन आगामी 27 सेप्टेम्बरको दिन सम्पन्न हुने विश्व पर्यटन दिवसको अवसरमा दार्जीलिङ पुलिस अनि जिल्ला प्रशासनको सहयोगमा दार्जीलिङ एमटीबी क्लबले साइकल रेस आयोजना गर्नेभएको छ। उक्त साइकल रेस बिहान 6:30 बजी ग्रीन टी भ्याल्लीको फरेष्टबाट आरम्भ गरिनेछ।
कार्यक्रमको निम्ति बिहीबार दार्जीलिङका अतिरिक्त पुलिस अधीक्षक सौम्यदीप भट्टाचार्य, डीएसपी ट्राफिक अरिन्दम, दार्जीलिङ होटल ओनर्स एसोसिएशन अध्यक्ष साङ्गे शेर्पा, एमटीबीका सदस्य हासन भोटिया अनि पासाङ लामाको उपस्थितिमा मेडल, सर्टिफिकेट अनि ट्याग नम्बर सार्वजनिक गरियो। कार्यक्रममा होटल ओनर्स एसोसिएशनले प्रायोजन गरिएको विपन्न परिवारका विद्यार्थीहरूलाई प्रदान गरिने मोबाइल फोनको पनि सार्वजनिक गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *