• Sat. May 10th, 2025

देशको निम्ति पुसिम्बेङका विधान घिसिङ भए शहीद, आज ल्याइँदैछ पार्थिक शरीर बाघडुग्रा हावाईअड्डा

Byadmin

Sep 22, 2021

पुसिम्बेङका विधान घिसिङ देशको निम्ति भए शहीद। विधानको पार्थिव शरीर आज ल्याइपुऱ्याइनेछ बाघडुग्रा हावाईअड्डा।

सुके खण्ड अन्तर्गत पुसिम्बेङ चियाकमानका वीरबहादुर घिसिङ अनि पुष्पा घिसिङका छोरा सुवेदार विधान घिसिङ देशको निम्ति शहीद भएका छन्। शहीद विधानले श्रीनगरमा शत्रुसँगको भिडन्तमा आफ्नो प्राणको आहुति दिएका छन्। 35 वर्षीय विधान घिसिङ 20औं ज्याक राइफल्समा कार्यरत थिए भने उनी वर्तमानमा जम्मू-कश्मीरमा तैनाथ थिए। शहीद विधान घिसिङको पार्थिव शरीर आज बुधबार साँझ 4 देखि 5 बजीभित्रसम्म बाघडुग्रा हावाईअड्डा ल्याइपुऱ्याइने परिवार सूत्रले जनाएको छ। शहीद विधानले आफूपछि परिवारमा आमा-बाबा, पत्नी लगायत दुइजना छोराहरूलाई छोड़ी गएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *