• Sat. May 10th, 2025

गोरायुमो सुके-मानेभञ्ज्याङ समष्टि गठन, गोरानासं समष्टि कमिटी अध्यक्षामा पेमा लमु शेर्पा

Byadmin

Sep 21, 2021

गोरायुमो सुके-मानेभञ्ज्याङ समष्टि गठन। गोरानासं समष्टि कमिटी अध्यक्षा पदमा पेमा लमु शेर्पालाई सर्वसम्मतिद्वारा चयनीत।

गोर्खा राष्ट्रिय युवा मोर्चा सुके मानेभञ्ज्याङ समष्टिको सांङ्ठनिक सभा सुके सिमाना रोड सार्वजनिक भवनमा बस्यो। समष्टि अध्यक्ष अशोक बराइलीको सभापतित्वमा सम्पन्न सांङ्ठनिक सभामा समष्टिलाई बलियो बनाउनको निम्ति गोर्खा राष्ट्रिय युवा मोर्चा समष्टि गठन गर्ने प्रस्ताव पारित गरियो। समष्टि प्रतिनिधि साथै गोरानासंका सम्पूर्ण प्रतिनिधिहरुको उपस्थितिमा सांङ्ठनिक विषय लिएर व्यापक छलफल गर्दै अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति अब समष्टिले भ्रातृ संगठनसँग सहकार्य गरेर कार्य गर्ने निर्णय लिइयो। गोरायुमो समष्टि कमिटी गठनको प्रक्रियालाई अघि बढाउँदै गोरायुमो सुके मानेभञ्ज्याङ समष्टि अध्यक्ष हेमन्त भुटियालाई सर्वसम्मतिले चयन गरियो। यसैगरी अर्बिन प्रधान अनि बिजय राईलाई उपाध्यक्ष, महासचिवमा नर्बु शेर्पा लगायत अन्यलाई चयन गरियो।
यसैबिच, गोरानासं समष्टि कमिटी अध्यक्षा पदको निम्ति पेमा लमु शेर्पालाई सभाले सर्वसम्मतिले चयन गऱ्यो। समष्टि अध्यक्ष अशोक बराइलीले नयाँ प्रतिनिधिवर्गलाई खदा लगाएर बधाई दिदै शुभकामना व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *