गोरामुमो मिरिक ब्राञ्च कमिटीको सांगठनिक सभा। सभामा पार्टी अध्यक्ष मन घिसिङ अनि विधायक निरज जिम्बाको विशेष उपस्थिति। पार्टी विस्तारका लागि घिसिङद्वारा दिइयो विशेष दिशानिर्देश।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीको सांङ्ठनिक सभा पार्टी कार्यालयमा ब्राञ्च अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भयो। पार्टी अध्यक्ष मन घिसिङ साथै विधायक निरज जिम्बाको प्रमुख उपस्तिथिमा बसेको सभामा केन्द्रिय समितिका प्रतिनिधि लगायत अन्य पार्टी नेतृत्वहरूको उपस्थिति थियो। सभामा मिरिक ब्राञ्च कमिटी साथै समष्टिको सांङ्ठनिक गतिविधिलाई लिएर व्यापक चर्चा-परिचर्चा गरियो। अध्यक्ष मन घिसिङद्वारा दिशानिर्देश जारी गर्दै मिरिकमा सांङ्ठनिक बिस्तारलाई तीब्र पार्न निर्देशनसमेत दिइयो।