गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको खरसाङ अनि सोनादा महकुमा कमिटी गठन। खरसाङ महकुमाको पूर्णाङ्ग कमिटी नबनिए पनि अध्यक्ष र सचिव भने चयनीत।
गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा आफ्नो सांगठनिक विस्तारसितै समिति गठनतर्फ अग्रसर बनिरहेको छ। पार्टीको सांगठनिक संरचनाको आधार बनाउने क्रममा विद्यार्थी मोर्चाको कालेबुङ, मिरिक महकुमा समितिहरु अगावै गठन भइसकेका छन्। यसरी नै गोजविमोले खरसाङ अनि सोनादा महकुमा समिति गठन गऱ्यो।
केन्द्रिय समिति विमो अध्यक्ष देवेन्द्र लिम्बुको अध्यक्षतामा बसेको सभामा खरसाङ अनि सोनादा गरी अलग-अलग महकुमा समिति गठन गऱ्यो। नवगठित सोनादा महकुमा समितिमा अध्यक्ष शिवम मङ्ग्राती, उपाध्यक्ष शिव मङ्ग्राती, सचिव पासाङ तामाङ लगायत 20 जनाको कार्यकारी समिति गठन गरियो। यसैगरी, खरसाङ महकुमाको अहिले नै पूर्णाङ्ग कमिटी नबनिएको भए पनि अहिलेलाई अध्यक्षको पदमा राज तामाङ अनि सचिवको पदमा कृषिभ सुब्बालाई चयन गरिएको पार्टी सूत्रले बताएको छ।