द भोइस अफ नेपाल सिजन १२ को फाइनल राउन्डसम्म पुग्न सफल बनेका आर्यन तामाङले गरे अजय एड्वर्डसँग भेटघाट। एड्वर्डद्वारा ५० हजार रुपियाँ सहयोग राशि प्रदान।
तकदा,ग्लेनवर्णबाट द भोइस अफ नेपाल सिजन १२ को फाइनल राउन्डसम्म पुग्न सफल बनेका आर्यन तामङ शुक्रवार अजय एडवर्डलाई भेट्न दार्जीलिङ पुगेका थिए। आर्यन तामाङलाई बधाई दिँदै एडवर्डले उनको सांगीतिक यात्रा विषय सोधे। अनि आर्यनका पिता राजमान तामङसँग पनि कुराकानी गरे। भेटघाटको क्रममा आर्यन तामङसँग आर्यन फ्रेन्ड्स क्लबका युवाहरु पनि एडवर्डलाई उपस्थित थिए। अजय एडवर्डले आर्यन तामाङलाई नगद राशि रुपियाँ ५० हजार रुपियाँ प्रदान गर्नुका साथै भविष्यको निम्ति शुभकामना दिए।