गाड़ीको क्षमताभरि यात्री हालेर पुरानै भाड़ा लिने हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीको चालकहरूलाई अनुरोध। आजदेखि पुरानै भाड़ामा चल्नथाले ट्याक्सीहरू।
गाड़ीको क्षमताभरि यात्री हालेर पुरानै भाड़ा लिने हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले सबै यात्रीवाहक ट्याक्सी गाड़ी चालकहरूलाई गऱ्यो अनुरोध।
सोही अनुरूप आज शुक्रवारदेखि पूर्ण यात्री क्षमतामा ट्याक्सी गाड़ीहरू चल्नथाल्यो। सिलगढीदेखि दार्जीलिङसम्मको भाड़ा 200 रुपियाँ तोक्दै ठाउँ-ठाउँका सिण्डिकेटहरूमा उक्त सूचना टाँसिएको पनि देखियो। यसैगरी, प्राप्त जानकारी अनुसार दार्जीलिङका अन्य सिन्डिकेटहरूले पनि गाड़ीभाड़ा घटाएका छन्।