• Sat. May 10th, 2025

झारखण्डमा भयानक सड़क दुर्घटना, बिहारका पाँचजना जिउँदै जले, कार-बस ठोक्किँदा लाग्यो भीषण आगो

Byadmin

Sep 16, 2021

झारखण्डमा भयानक सड़क दुर्घटना : बिहारका पाँचजना जिउँदै जले। कार बससित ठोक्किँदा लाग्यो भीषण आगो।

रामगढ़-बोकारो राष्ट्रीय राजमार्ग 23 -मा लारीस्थित आवासीय विकलाङ्क स्कूलको नजिक बुधवार बिहान लगभग 8 बजी एउटा यात्रीवाहक बस अनि कार एकअर्कामाझ ठोकिन्न पुग्यो। उक्त दुर्घटनामा कारमा यात्रा गरिरहेका पाँचजना मानिसहरूको मृत्यु भएको छ भने बसमा रहेका दर्जनौ यात्री घाइते भएका छन्। जानकारी अनसार महाराजा नामक यात्री बस रामगढ़बाट धनबाद गइरहेका थिए।यता कारमा यात्रा गरेका पाँचजना मानिसहरूको मृत्यु भएको छ भने उनीहरू सबै नै बिहार राज्यको रहेको बताइएको छ। वास्तवमा, बसको अघिल्लो भागमा आगो लाग्दा हल्ला मच्चिएका थिए भने यात्रीहरूले बसबाट उत्रिएर आफ्नो ज्यान बचाए।
घटना समय उक्त स्तानमा पानी परिरहेका थिए जसको कारण मानिसहरू घटनास्थलमा पुग्न सम्भव रहेको थिएन। घटनाको सूचना पाएर रजरप्पा थाना प्रभारी इन्स्पेक्टर विपिन कुमार बल सहित घटनास्थलमा पुगेका थिए। आगोलाई नियन्त्रणमा ल्याउनँका लागि रामगढ़बाट दमकल टोलीलाई सूचना गरेका थिए भने 9.15 बजीसम्म दमकल टोली घटनास्थलमा आइपुग्न सकेका थिएनन्। घटनास्थलमा सैकड़ौ मानिसहरूको भीड़ लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *