आउँदो 24 सेप्टेम्बरको दिन वाशिङ्गटनमा हुने शिखर सम्मेलनमा भाग लिन अमेरिका जाँदैछन् प्रधान मन्त्री नरेन्द्र मोदी। सम्मेलनमा स्वयं अमेरिकी राष्ट्रपति जो बाइडेन लगायत अस्ट्रेलियाई प्रधानमन्त्री स्कट मोरिसन अनि जापानेली प्रधानमन्त्री योशीहिदे सुगा पनि हुनेछन् उपस्थित। कोरोनाको दोस्रो लहरपछि झण्डै 6 महीनापछि प्रधान मन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो विदेश यात्रा गरिरहेछन्। आगामी 24 सेप्टेम्बरको दिन चारवटा देशहरूबिच दह्रिलो गठजोड़ क्वाड लिडर्स समिट अनि संयुक्त राष्ट्र महासभामा भाग लिनका लागि अमेरिका गइरहेछन्। सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अष्ट्रेलियाई प्रधान मन्त्री स्कट मोरिसन अनि जापानेली प्रधान मन्त्री योशीहिदे सुगाले पनि भाग लिनेछन्। सम्मेलनमा प्रौद्योगिकी, कनेक्टिभिटी अनि बुनियादी ढाँचा, साइबर सुरक्षा, समुद्री सुरक्षा, मानवीय सहायता, आपदा राहत, जलवायु परिवर्तन अनि शिक्षा जस्ता महत्त्वपूर्ण मुद्दाहरूमाथि चर्चा हुने बताइएको छ। 25 सेप्टेम्बरको दिन प्रधानमन्त्री मोदीले न्युयोर्कमा संयुक्त राष्ट्र महासभा (युएनजीए)-लाई पनि सम्बोधन गर्नेछन्।