• Mon. Feb 23rd, 2026

ब्यांकको कर्मचारी लगायत सरसामान क्षयक्षति मामिला आरोपीलाई सुनाइयो ६ सालको कारावासको सजाय

Byadmin

Sep 15, 2021

ब्यांक कर्मचारी लगायत ब्यांकको सर-सामान क्षयक्षति मामिला। आरोपीलाई सुनाइयो ६ सालको कारावासको सजाय।

दार्जीलिङ न्यायलयका पब्लिक प्रसिक्युटर प्रणय राईले बुधबार दिएको जानकारीअनुसार साल २०१३ मा मिरिकको भारतीय स्टेट ब्यांकको शाखा कार्यालयमा मार्गरेट्स होप निवासी धीरेन तामाङले धारिलो हतियार बोकेर ब्यांकभित्र पसी उत्पात मच्चाएको थियो । धीरेन तामाङले ब्यांक कर्मचारी लगायत ब्यांकको कतिपय सर-सामनहरुलाई पनि क्षति पुर्याएको थियो।
यसै मामिला सम्बन्धी बुधबार ब्यांक कर्मचारी अनि ब्यांकमा घटना घटेको समय उपस्थित ग्राहकहरुको गवाहीबिच जिल्ला न्यायलयले आरोपी धीरेन तामाङलाई ६ सालको कारावासको सजाय सुनाएको पब्लिक प्रसिक्युटर प्रणय राईले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *