• Tue. May 13th, 2025

बिमलद्वारा खरसाङ महकुमाको विभिन्न क्षेत्रहरूको भ्रमण
मनोज थापाको परिवारका सदस्यहरूसित गरे भेटवार्ता

Byadmin

Sep 15, 2021

गोजमुमोका संस्थापक अध्यक्ष बिमल गुरुङले गरे खरसाङ महकुमाका विभिन्न क्षेत्रहरूको भ्रमण। आफूसित विस्थापित बनेका मनोज थापाको परिवारका सदस्यहरूसित गरे गुरूङले भेटवार्ता।

मोर्चा अध्यक्ष गुरुङले खरसाङबाट बिहान आफ्नो यात्रा शुरू गरेर बिहान 10.30 बजीतिर महानदी आईपुगेका थिए। उनले महानदीको तिरसठ लाइनस्थित दुर्गा मन्दिरमा पुगी पूजा अर्चना गरे। त्यहाँबाट गुरूङ महानदी बजारमा अवस्थित शहीद वेदीमा पुगी शहीदहरूलाई धुप द्वीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरे। उक्त ठाउँमा गोजमुमो अध्यक्ष बिमल गुरुङ र अन्य पदाधिकारीहरूलाई महानदीका पार्टी कार्यकर्ताहरूले स्वागत जनाएका थिए।जहाँ एक सभाको आयोजना पनि गरिएको थियो। महानदीदेखि गोजमुमो अध्यक्ष बिमल सिविटार चियाबारी पुगे। उनले सिविटारको तेरेस गाउँस्थित साढे तीन वर्षसम्म विस्थापित बनेर आफुसितै फर्कि आएका मनोज थापाको घरमा पुगेर मनोज थापाको परिवारका सदस्यहरूलाई भेटघाट गरे । सिविटारबाट मोर्चा अध्यक्ष बिमल गुरुङ शिवखोला अनि नरबुङ क्षेत्रतर्फ भ्रमणमा निस्केका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *