कंग्रेसका वरिष्ठ नेता तथा सांसद राहुल गान्धी आज बिहिबारदेखि जम्मूको दुइ दिवसीय भ्रमणमा रहने छ। उनी जम्मू एयरपोर्टमा दिउँसो 12.20 बजी पुगी सोझै वैष्णबी देवीको यात्रा निम्ति जानेछन्। राहुल गान्धी शुक्रवार बिहान जम्मू निम्ति प्रस्थान हुने छ त्यहाँ पुगी उनले पार्टीको कार्यकर्ता तथा नेताहरुसँग भेटवार्ता गरी संगठनलाई दह्रिलोपन बनाउने पक्षमा चर्चापरिचर्चा गर्ने बताइएको छ।यसरी पार्टी नेताको आगमनलाई लिएर जम्मू अनि कटड़ामा राहुललाई जोरतोड़रुपमा स्वागत गरिने पनि बताइएको छ। जम्मू-कश्मीर मामिलाको एआईसीसी प्रभारी रजनी पाटिल सहित अन्य नेताहरुलो बुधवार राहुल गान्धी भ्रमणको तयारीलाई लिएर बैठक भएको थियो। जसमा विभिन्न समितिहरुसँग तयारी समबन्धी समीक्षा पनि गरियो। यता दिल्लीबाट आएका सुरक्षा टीमले पनि आयोजन स्थल अनि कटड़ाको निरीक्षण गरिसकेको छ।