• Mon. May 6th, 2024

सिलगढ़ी मेट्रोपोलिटन पुलिसको प्रशंसनीय पहल, सिलगढ़ीमा महिला स्क्वाड टोली तेजस्विनीको गश्ती शुरू, महिलाहरूको सुरक्षा स्क्वाड टोलीको मुख्य उद्देश्य

Byadmin

Oct 13, 2021

सिलगढ़ी मेट्रोपोलिटन पुलिसको सक्रिय एवं प्रशंसनीय पहल। पूजा अवधिमा महिलाहरूको सुरक्षा हेतु महिला स्क्वाड टोलीको सिलगढ़ी शहरभरि गश्ती शुरू। पूजा अवधि महिलाहरूलाई सुरक्षा प्रदान गर्नु स्क्वाड टोलीको मुख्य उद्देश्य।

सिलगढ़ी शहरमा दुर्गा पूजा घुम्न आउने महिलाहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्य लिएर सिलगढ़ी मेट्रोपोलिटन पुलिसले शहरभरि महिला स्क्वाड टोली तैनाथ गरेको छ। महिलाहरूको सुरक्षाको दायित्व उक्त टोलीलाई दिइएकोले दुर्गा पूजा अवधिभरि स्क्वाड टोलीले शहरमा गश्ती लगाइरहने छ।
सिलगढ़ी मेट्रोपोलिटन पुलिस कमिश्नर गौरव शर्माले महासप्तमीको अवसरमा उक्त महिला स्क्वाड टोलीलाई तेजस्विनी नाम दिए।
पूजा घुम्न आउने युवती तथा महिलाहरूलाई जिस्काउने, तिनीहरूप्रति अभद्र व्यवहार गर्ने युवकहरूमाथि लगाम लगाउन नै सिलगढ़ी मेट्रोपोलिटन पुलिसले तेजस्विनी टोलीलाई शहरमा खटाएको बताइएको छ। स्क्वाड टोलीको मुख्य उद्देश्य नै महिलाहरूलाई सुरक्षा प्रदान गर्नु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *