सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामङ गोलेद्वारा एक युवकलाई इनोभा वाहन प्रदान। युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य क्रममा रन्दीपलाई वाहन प्रदान गरिएको मुख्यमन्त्री प्रेमसिंह तामङको भनाइ।
सिक्किमका युवाहरू आत्मनिर्भर अनि स्वतन्त्र रहने धारणाका साथ आफूले युवाहरूलाई गरिखानको निम्ति ट्याक्सी गाडी अथवा जीविका चलाउनसक्ने साधनको रूपमा वाहन प्रदान गरेको मुख्यमन्त्रीले जनाए। शुक्रबार मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले ट्याक्सी चलाएर आफ्नो दैनिक जीवन धान्ने जोरथाङ निवासी रन्दीप तामङलाई एउटा वाहन प्रदान गर्दै तामङलाई सफल भविष्यको निम्ति शुभकामना व्यक्त गरे। मुख्यमन्त्री तामङले प्रदान गरिएको वाहनको सदुपयोग हुने आशा पनि तिनले व्यक्त गरे।
स्मरण रहोस्, मुख्यमन्त्रीको सरकारी वासस्थान मिन्तोगाङमा सप्ताहमा तीन दिन सयजना पार्टी कार्यकर्ता अथवा जनता भेट्ने क्रममा बिहीबार रन्दीप तामाङले आफू ट्याक्सी चालक रहेको कुरा गर्दै मुख्यमन्त्रीसमक्ष एउटा नम्बरसहितको इनोभा किन्ने इच्छा जाहेर गरेका थिए भने शुक्रबार उनलाई मुख्यमन्त्री तामङले एउटा नम्बरसहितको इन्नोभा किनेर प्रदान गरेका हुन्।