• Thu. May 16th, 2024

सांसद अर्जुन सिंहको आवासबाहिर बम विस्फोट

Byadmin

Sep 8, 2021

भाजपा सांसद अर्जुन सिंहको आवासबाहिर बम विस्फोट। बंगालमा हिंसा कम हुने संकेत नदेखिएको राज्यपालको मन्तव्य। उक्त विस्फोट आफूमाथि मार्न गरिएको षड्यन्त्र रहेको अर्जुन सिंहको भनाइ।

पश्चिम बंगाल भारतीय जनता पार्टीका सांसद अर्जुन सिंहको आवासबाहिर बुधवार बिहान जोड़तोड़ रूपमा बम विस्फोट भयो। राज्यपाल जगदीप धनखड़ले ट्वीट गरी यसको घटनाको जानकारी दिए। राज्यपाल धनखड़ले पश्चिम बंगालमा प्रचण्ड हिंसामा ह्रास हुने कुनै सङ्केत नरहेको जनाए। आज बिहान सांसदको आवास बाहिर बम विस्फोटको घटना चिन्ताको विषय रहेको अनि राज्यको कानून व्यवस्थामाथि प्रश्न उठ्ने रहेको जनाए। राज्यपाल धनखड़ले यस मामिलामाथि शीघ्र कार्वाही गर्ने अपेक्षा गरेको जनाउँदै तिनले अर्जुन सिंहको सुरक्षा सम्बन्धी पहिले पनि यस मुद्दालाई उठाइसकेको जनाए। सांसदको आवासमाथि जुन समय बम आक्रमण गरियो उक्त सांसद अनि प्रदेश भाजपा उपाध्यक्ष अर्जुन सिंह घरमा नरहेको बताइको छ। तर उनको परिवारका सदस्यहरू भने घरमा नै रहेको जनाए। पुलिसले घटनास्थलमा पुगेर जाँच गर्दै तथा बम काण्डका आरोपीहरूलाई चिन्हित गर्न घरमा लगाइएको सीसी टिभी क्यामेराका फुटेजहरूलाई नियालिरहेको छ। यता, अर्जुन सिंहले उक्त घटनाबारे बोल्दै आफूलाई मार्न गरिएको षड़्यन्त्र भनी बताए।

https://youtu.be/0Yd7znrutTQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *